बंगलादेशविरुद्ध भारतको क्लीन स्वीप

काठमाडौँ। भारतले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । मंगलबार दोस्रो टेस्ट ७ विकेटले जतेर भारतले २ खेलको सिरिज २-० ले जितेको हो ।
यस टेस्टमा बंगलादेशले भारतलाई ९५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य भारतले ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।
खेलको तीन दिन बर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको थियो । चौथो दिनको खेल सकिदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको थियो र भारतभन्दा २६ रनले अझै पछाडी रहेको थियो । खेलको पाँचौं दिन बंगलादेश आफ्नो दोस्रो इनिंगमा केवल १४६ रन बनाएर अल आउट भएपछि भारतले ९५ रनको लक्ष्य पाएको थियो ।
यस अघि भारतले आज आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाउदै २८५ रन बनाएर इनिंग घोषणा गरेको थियो । भारतले पहिलो इनिंगमा ५२ रनको अग्रता लिएर इनिंग घोषणा गरेको थियो । त्यस्तै बंगलादेश आफ्नो पहिलो इनिंगमा २३३ रन बनाएर अल आउट भएको थियो ।
भारत र बंगलादेशले अब आइतबरदेखि ३ खेलको टी-२० सिरिज खेल्दैछन् ।













शीतलहरले वीरगन्जमा फेरि तीन दिन विद्यालको पठनपाठन बन्द
झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया