थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का

काठमाडौँ । थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरुले बसमा सवार २५ जनाको मृत्यु भएको आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताएका छन्।“प्रारम्भिक प्रतिवेदनअनुसार बसमा ३८ जना विद्यार्थी र ६ जना शिक्षकसहित ४४ जना रहेका थिए । हामीलाई जानकारी भएअनुसार तीन शिक्षक र १६ जना विद्यार्थी बाहिर निस्केका छन्”, उनले सञ्चारकर्मीलाई बताए।
उथाइ थानी प्रान्तबाट विद्यार्थी बोकेर हिडेको बस उत्तरी बैंककको उपनगरको राजमार्गमा पङ्चर भएको र ठोक्किएको एक उद्धारकर्मीले जानकारी गराए। कम्प्रेस्ड ग्यासमा चलिरहेको बस ठोक्किदा इन्धन ट्याङ्की जलेर आगलागी हुन पुगेको उनले बताए।
“मैले उथाइ थानीबाट विद्यार्थी बोकेको बसमा आगलागी भएको जानकारी प्राप्त गरे, म घाइते र मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु”, पेटोङटार्नले सामाजिक सञ्जाल एक्समार्फत बताए। आगो नियन्त्रणमा लिएको तर शव खोज्नुअघि बस चिसो हुन पर्खनुपरेको उद्धारकर्मीले बताएका छन् ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया