डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा आकर्षक अफर

काठमाडैं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन जडान गर्ने र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ।
याे अफर योजनाअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजमा थप तीनमहिना बोनस मिल्नेछ ।
यस अफरले ग्राहकका लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा तीन महिना निःशुल्क इन्टरनेट पाउने अवसर मिल्ने कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत आकर्षक उपहार जित्नसक्ने र हप्तामा १२ भाग्यशाली विजेताले डीएचआई होम अपलायन्स, इटेल ए६० स्मार्टफोन, मिभी डुओपोड्स टी२० एयरपोड्स र डिशहोम फोरके स्ट्रिमरलगायत उपहार मिल्ने कम्पनीले जनाएको छ ।
यसबाहके बम्पर लक्की ड्र अन्तर्गत एक विजेताले डीएचआई होम अपलायन्सेसको फ्रन्ट लोड वासिङ मेसिन जित्नसक्ने कम्पनीले जनाएको छ । यस्तै, अन्य उपकरणमा ४० प्रतिशतसम्मको छुट, मिभी डुओपोड्समा ५४ प्रतिशतसम्म छुट र फायरबोल्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्म विशेष छुट मिल्ने कम्पनीले जनाएको छ ।
यी अफर पाउन ग्राहकले डिशहोम इन्टरनेटको तीन महिना वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । नयाँ कनेक्सन लिने वा रिचार्ज गर्दा लक्की ड्रमा सहभागी हुन मिल्ने कम्पनीको भनाइ छ । कम्पनीले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकको आवश्यकता सम्बोधन गर्न अफर ल्याएको जनाएको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया