इरानले इजरायलविरुद्ध मिसाइल आक्रमण गर्ने अमेरिकी आशंका
मेरोन्यूज
२०८१ असोज १५ गते २१:१७

काठमाडौँ । अमेरिकाले इरानले इजरायलविरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेको छ ।
समाचार एजेन्सी एएफपीले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको हो र रोयटर्सले पनि ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको छ ।
अमेरिकी अधिकारीहरूले एएफपीलाई भनेका छन्, इरानले इजरायलमाथि आक्रमण गरेमा गम्भीर परिणाम भोग्नुपर्नेछ । अमेरिकी मिडिया सीबीएसका अनुसार ह्वाइट हाउसका एक अधिकारीले भने, ‘इजरायलविरुद्धको कुनै पनि प्रत्यक्ष आक्रमणले इरानका लागि गम्भीर परिणाम ल्याउनेछ ।’
अर्कोतर्फ इजरायली सेनाका प्रवक्ताले इजरायलमाथि इरानले आक्रमण गरे गम्भीर परिणाम आउने चेतावनी दिएका छन् ।
यसैबीच इजरायली रक्षा बलले ट्वीटरमा लेखेका छन्, उनीहरूले बेरुतमा आक्रमण सुरु गरेको छ ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया