इजरायलका लागि दुई हजार एक सय १२ जनाको नाम सार्वजनिक
मेरोन्यूज
२०८१ असोज १७ गते ९:५९

काठमाडौँ । इजरायलमा रोजगारीका लागि आवेदन दिएकामध्ये दुई हजार एक सय १२ जनाको नाम सार्वजनिक भएको छ । इजरायल सरकारले आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ ।
वैदेशिक रोजगार विभागले तीन हजार चार सय ६१ जनाको सूचीबाट दुई हजार एक सय १२ जनाको नाम सार्वजनिक भएको हो । गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भेटिएकाले नाम हटाइएको विभागले जनाएको छ । नेपालस्थित इजरायली दूतावासको रोहवरमा गोला प्रथा गरिएको हो ।
विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । इजरायलको पिवाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार एक सय ५६ महिला (६० प्रतिशत) र नौ सय ५६ पुरुष (४० प्रतिशत) गरी दुई हजार ११२ जना छनोट भएका छन् ।
सम्बन्धित


















संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया