एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख बढी सहयोग

काठमाडौं । एनसीसीएस समूहले हालै गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । एनसीसीएसले पीडितहरूलाई ५ लाख ६ हजार ५५० रूपैयाँ सहयोग गरेको हो ।
अविरल वर्षा कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था आएपछि एनसीसीएस र यसमा आबद्ध शिक्षक तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएका छन् ।
विगतमा पनि एनसीसीएसले प्राकृतिक विपत्तिका कारण धनजनको क्षति हुने गरी देश अफ्ठयारो अवस्थामा पुग्दा सहयोग गर्दै आएको छ । देश समस्यामा पर्दा सबैले मिलेर सहयोग गर्नुपर्ने एनसीसीएसको भनाइ छ ।
यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको छ । विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनः स्थापनाका लागि प्रधानमन्त्रीकै सक्रियतामा यो दैवी प्रकोप उद्धार कोष खडा गरिएको हो ।
एनसीसीएस, परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन विज्ञान, सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको सफल शैक्षिक संस्थान हो ।
काठमाडौंको पकनाजोलमा रहेको यस कलेजले शिक्षाको क्षेत्रमा आफ्नो दुई दशक लामो यात्रा तय गरिसकेको छ । विश्वको रोजगार बजारले खोज्ने योग्य जनशक्ति तयार गर्दै आएको कलेजले निरन्तर उत्कृष्ट नतिजा पनि हासिल गर्दै आएको छ ।
एनसीसीएस नेटवर्कभित्र स्कुल तहदेखि स्नातक तहसम्म अध्यापन हुँदै आएको छ । स्नातक तहमा त्रिभुवन विश्वविद्यालय सम्बद्ध विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । जसमा एनसीसीएसले युनिभर्सिटी ग्रान्ट्स कमिसन (यूजीसी) बाट क्वालिटी एस्युरेन्स एन्ड एक्रिडेसन सर्टिफिकेट (क्यूएए) प्राप्त गरिसकेको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया