१५ औँ इक्यान मेला सम्पन्न, पाँच हजार बढीले गरे अवलोकन

काठमाडौँ । १५ औँ इक्यान शैक्षिक मेला सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट होटेलमा सञ्चालित शैक्षिक मेला सम्पन्न भएको हो ।
उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरिएको मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको इक्यानले जनाएको छ ।
‘बाढीपहिरोका कारण अधिकांश स्थानमा अवरोध सृजना भएको समयमा पनि मेलामा विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रह्यो”, इक्यानका अध्यक्ष शेषराज भट्टराईले भने, “मेलामा विद्यार्थीले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सम्पूर्ण जानकारी लिएका छन् ।’
कोरोना महामारीपछि भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ । मेलामा विभिन्न शैक्षिक परामर्श संस्थाका साथै विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको पनि उपस्थिति थियो । विद्यार्थीहरूले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए ।
मेला संयोजक गीता सिवाकोटलीले बाढीपहिरोका कारण निर्धारित समयभन्दा तीन दिन ढिला गरी आयोजना भएको. एक दिने शैक्षिक मेलामा विद्यार्थीले उल्लेख्य सहभागिता बताइन् ।
वन अप मिडिया प्रालिको व्यवस्थापनमा आयोजना भएको मेलाको प्रमुख प्रायोजकमा रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सी प्रालि र इन एसोसिएसनमा वेद इन्टरनेशनल एजुकेसन प्रालि थियो ।
साथै प्रायोजकमा केआईईसी प्रालि, अर्बिट इन्टरनेशनल एजुकेसन प्रालि, नोबेल एजुकेसन प्रालि, डब्ल्युआरआई एजुकेसन, राइट पाथ, सेनेका, कंगारु एजुकेसन फाउण्डेसन, एलाइट मुभर्स, भिरा एजकेशन र ग्रेस एजुकेसन प्रालि थिए ।
मेलामा विभिन्न २२ वटा कम्पनीका स्टल राखिएको थियो । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा पुरानो र ठूलो संस्था इक्यानमा ६०७ सदस्य छन् ।















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया