ठूला र मालवाहक सवारी राजधानी प्रवेशमा आज देखि रोक
मेरोन्यूज
२०८१ असोज १९ गते ११:४२

काठमाडौं । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामको समस्या कम गर्न शनिबार देखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाइएको छ ।
औषधि र तरकारी लगायत दूध बोकेका बाहेक अन्य ठूला गाडी आउँदो कार्तिक १ गते सम्म बन्द रहने छ । दशैं सुरु भएकाले काठमाडौं बाट बाहिरिने यात्रुको अत्याधिक चाप देखिएको छ । सवारी जामका कारण यात्रुले सास्ती खेप्नु नपरोस् भनेर ठूला सवारी राजधानी प्रवेशमा रोक लगाइएको हो ।
गत वर्षको दशैंमा भन्दा पृथ्वी राजमार्ग हुँदै राजधानी बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरूको चाप दोब्बरले वृद्धि भएको छ ।
बी.पी. राजमार्ग गत साताको बाढी र पहिरोका कारण बिग्रिए पछि पूर्वी नेपालको अधिकांश जिल्लाहरू र मधेस प्रदेश क्षेत्रमा जाने सवारीका साधनहरुले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ प्रयोग गर्ने गरेका छन् ।
सम्बन्धित
















बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया