पाकिस्तानमा बस दुर्घटना, ७ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एउटा बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।
बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको ब्रुअरी बाइपास क्षेत्र नजिकै विवाह पाहुनाहरू बोकेको बस गहिरो खाल्डोमा खस्दा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य ५९ जना घाइते भएको प्रान्तीय स्वास्थ्य मन्त्रालयका मिडिया संयोजक वसीम बेगले बताए ।
घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको अधिकारीले जानकारी दिँदै दुर्भाग्यपूर्ण दुर्घटनाको शिकार हुनेमा महिला र बालबालिका रहेको बताए । प्रारम्भिक अनुसन्धानमा गाडीको टायर फुटेर सडकबाट खसेर दुर्घटना भएको इलाका प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो ।
पाकिस्तानमा मुख्यतया खराब सडक, खराब मर्मत गरिएको सवारी साधन र अव्यवसायिक सवारीका कारण सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ ।
















भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया