पाकिस्तानमा बस दुर्घटना, ७ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एउटा बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।
बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको ब्रुअरी बाइपास क्षेत्र नजिकै विवाह पाहुनाहरू बोकेको बस गहिरो खाल्डोमा खस्दा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य ५९ जना घाइते भएको प्रान्तीय स्वास्थ्य मन्त्रालयका मिडिया संयोजक वसीम बेगले बताए ।
घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको अधिकारीले जानकारी दिँदै दुर्भाग्यपूर्ण दुर्घटनाको शिकार हुनेमा महिला र बालबालिका रहेको बताए । प्रारम्भिक अनुसन्धानमा गाडीको टायर फुटेर सडकबाट खसेर दुर्घटना भएको इलाका प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो ।
पाकिस्तानमा मुख्यतया खराब सडक, खराब मर्मत गरिएको सवारी साधन र अव्यवसायिक सवारीका कारण सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ ।













80,000 army personnel to be mobilized in upcoming HoR elections
असन्तुष्ट समूहलाई वार्तामा आउन ललितकला प्रज्ञा प्रतिष्ठानको आह्वान
हात्तीगौडा पुगेर लिङ्देनले भेटे रवि लामिछानेलाई
Shankharapur road accident: Death toll reaches five
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
केपी ओलीको स्थानहद फुकुवा
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
प्रतिक्रिया