सरकारलाई अहिले गाली गर्दिनँ तर परिस्थिति धेरै जटिल देख्दैछु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।
बुधवार सम्पादकहरूसँगको अन्तरक्रियामा ‘प्रचण्डले अहिलेको संकटमा पनि सरकार, प्रतिपक्ष, मिडिया र नागरिकहरू सँगै मिलेर सामना गर्नुपर्ने बताए । उनले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने नेपाली परम्परा भएको बताए ।
उनले भने, ‘जतिबेला जनता सङ्कटमा छन् त्यतिबेला सबै सरकार प्रतिपक्ष मिडिया सबै मिलेर त्यसको सामना गर्ने परम्परा छ । अहिले पनि त्यही मनसायका साथ संकटको सामना गर्नुपर्छ । अझै पनि खोजकार्य बाँकी नै छ । खोजी उद्धार राहतको काममा लाग्ने । पुनर्निर्माण र पुनर्स्थापनाको चुनौती छ ।’
उनले अहिले सरकारलाई गाली गर्ने नभई मिलेर राहत, उद्धार र पुनर्निर्माणमा खटिनुपर्ने बेला आएको बताए । आफू पनि सरकारलाई गाली गर्ने पक्षमा नरहेको उल्लेख गर्दै ‘प्रचण्ड’ले अवस्था भने जटिल रहेको बताए ।
देशमा भूराजनीतिक रूपमा मात्रै समस्या आएको नभई भौगोलिक बनावटले पनि संकट निम्त्याइरहेको ‘प्रचण्ड’को भनाई थियो । यस्तै ‘प्रचण्ड’ले संविधान संशोधनका लागि आफू सकारात्मक रहेको बताए । विगतमा आफ्नै सक्रियतामा भएको संविधान संशोधनले मधेशी दल र जनतालाई चुनावमा सामेल गर्न सम्भव भएको ‘प्रचण्ड’को भनाई छ ।











Yamaha Enters Nepal’s Biggest Pop-Culture Festival as Co-Sponsor
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
सञ्चारमन्त्री खरेलले गरे पोखराका विभिन्न कार्यालयको निरीक्षण
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पदावधि छँदै उपसभामुख इन्दिराले दिइन् राजीनामा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया