‘सुशासन प्रवर्द्धनका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी एवं सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।आज तराई विकास तथा सञ्चार केन्द्रले बुधबार यहाँ आयोजना गरेको सुशासन प्रवर्द्धनमा नीति निर्माण तहका पदाधिकारीहरुको भूमिका विषयक छलफल तथा विजया दशमी २०८१ को शुभकामना आदानप्रदानमा बोल्दै मुख्य सचिव अर्यालले सो कुरा बताएका हुन् ।
उनले भने, “सुशासन प्रवर्द्धन तथा नीति निर्माण तहमा हाम्रो भूमिका सकारात्मक छ । अहिले सञ्चार माध्यममा आएका कुरा पाठकले झट्टै विश्वास गर्ने भएकाले सुशासन प्रवर्द्धनमा कलम चलाएको खण्डमा हामीलाई अझ सहज हुन्छ ।”मुख्य सचिव अर्यालले प्राविधिक तथा वातावरणीय परीक्षणविना ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडकलगायतका संरचनाका कारण यसपटक बाढीपहिरोबाट ठूलो क्षति बेहोर्नुपरेको बताए ।
प्राविधिक तथा वातावरणीय परीक्षणविना धादिङको झ्याप्ले खोलामाथि सडक बनाइएका कारण ठूलो मानवीय क्षति भएको उनको भनाइ थियो । यसैगरी दसैँ, तिहार लगायतका मुख्य चाडपर्वका समयमा केही वर्गले दैनिक उपभोग्य वस्तुमा महँगी बढाउने, गाडीको भाडा दोब्बर बढाउने गरेको गुनासो आएकाले त्यस्ता व्यक्तिलाई कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।
यसैगरी बाढीपहिरोका कारण क्षति पुगेका ठाउँमा कमाण्ड पोष्ट खडा गरेर सडक सञ्चालन भइरहेको सचिव शर्माले जानकारी दिए । सडक खुलाउने काममा खटिएका टिमलाई दसैँको टीकाको दिनबाहेक अन्य दिन बिदा नदिने निर्णय भएको उनले जानकारी दिए ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया