जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो

धनुषा । विजया दशमीको सप्तमी तिथिका दिन आज जनकपुरधामका विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरमा धुमधामका साथ फूलपाती भित्र्याइएको छ ।
प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बाजागाजासहित फूलपाती भित्र्याइएको राम युवा कमिटीका अध्यक्ष सरोज साहले बताए । फूलपाती भित्र्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका ब्यान्ड सहभागी भएका थिए ।
सुरक्षा निकायका तर्फबाट राजदेवी मातालाई सलामी अर्पण गरिएको थियो । आज भित्र्याइको फूलपाती दशैं घर वा पूजा घरमा राख्ने चलन छ । जनकपुरधामका अन्य शक्तिपीठहरु पल्टीमाई, पियरीयामाई, गहवामाई, अमरखाना, बौधीसहितका शक्तिपीठका साथै विद्यापति तथा रामानन्द चोकमा रहेको दुर्गा मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।
वैदिक विधिअनुसार घटस्थापना देखि शुरु दशैँको आठौँ दिन भएपनि सातौँ दिनको कालरात्रीको पूजा आज गरिने कार्यक्रम छ । आज मध्यरातमा विधिपूर्वक कुभिन्डोको बली दिने र त्यसपछि कालरात्रीको पूजा विधिअनुसार मन्दिरको तर्फबाट एक जोडी बोका बली दिने छ । शुक्रबार महाअष्टमीका दिन अन्य भक्तजनहरूको तर्फबाट भाकल अनुसारका बोला बली दिइने गरिन्छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया