आजकाे तरकारी तथा फलफूलको मूल्यसूची यस्ताे

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ ।
समितिले जारी गरेको मूल्यसूची अनुसार सोमबार ठूलो गोलभेडाको औसत मूल्य १४५ रुपैयाँ तोकिएको । यस्तै, लोकल सानो गोलभेडा ८५, सानो गोलभेडा (टनेल) ९५, भारतीय सानो गोलभेडा ९० रुपैयाँ निर्धारण गरिएको छ ।यसैगरी, रातो आलु प्रतिकेजी १०२ रुपैयाँ, रातो आलु (भारतीय) ६६, आलु रातो (मुडे) ८२ रुपैयाँ, प्याज सुकेको (भारतीय) १०७, लोकल गाजर १४५, गाजर (तराई) १३५, बन्दा (स्थानीय) ७५, बन्दा (तराई) ३५, काउली स्थानीय ११५, मुला रातो ४५, सेतो लोकल मुला ४५, सेतो मुला (हाइब्रीड) ४५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
समितिका अनुसार लाम्चो भान्टा ७५, डल्लो भान्टा ७५, तने बोडी ५५, मकै बोडी ५५, मटरकोशा २६६, लोकल घिउ सिमी ९५, हाइब्रीड घिउ सिमी ९५, घिउ सिमी (राजमा) १९०, टाटे सिमी ९१, भटमास कोसा ८५, तितो करेला ८५, लौका ५५, लोकल परवर ८५, चिचिण्डो ४५, घिरौँला ९५, पाकेको फर्सी ५५, सलगम ९५, भिण्डी ६८, बरेला १०८, पिँडालू ६५, स्कुस ३५ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।यसैगरी, कन्य च्याउ १३०, डल्ले च्याउ २७६, राजा च्याउ २९०, कुरीलो ५००, ब्रोकाउली १६५, चुकुन्दर ८५, रातो बन्दा १२५, गान्टे मूला १७६ रुपैयाँ मूल्य कायम भएको छ ।
समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १९० रुपैयाँ, पालुङ्गो साग १९०, तोरीको साग १४५, हरियो प्याज २७६, पुदिना ८५०, तामा ९५, गुन्द्रुक २७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
यस्तै, फूजी स्याउ २८०, केरा दर्जनको १५५, अनार ३९०, भुइँ कटहर प्रतिगोटा १९०, काँक्रो (लोकल) ९५, काँक्रो (हाइब्रीड) ४५, मेवा (नेपाली) ४५, मेवा भारतीय ९५, अम्बा ८५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।
रहु माछा ३४५, बचुवा माछा २४५, छडी माछा २५०, अदुवा १९०, भेडे खुर्सानी २२६, हरियो खुर्सानी २९० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया