जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता

जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ ।
जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा भाइरस फेला परेपछि यो निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा मृत बाजमा र अक्टोबर ८ मा बेतसुकाई नगरमा जङ्गली हाँसको समूहमा भाइरस फेला परेको थियो ।
अधिकारीहरूले देशभरका जङ्गली चराहरूको कडा निगरानी गर्न आह्वान गरिरहेका छन्। बर्डफ्लुले सामान्यतया सङ्क्रमित पङ्क्षीसँग अत्यधिक सम्पर्कमा नआएसम्म मानिसमा खतरा उत्पन्न नगर्ने भए तापनि मृत चरा नछुन र चराको शङ्कास्पद मृत्युबारे कुनै पनि जानकारी स्थानीय अधिकारीलाई दिन सर्वसाधारणलाई आग्रह गरिएको मन्त्रालयले निर्देशन दिएको छ।
जापानका विभिन्न क्षेत्रहरूमा बर्डफ्लु भाइरसको सङ्क्रमण धेरै पटक पत्ता लागेको रिपोर्टपछि, मन्त्रालयले राष्ट्रव्यापी सतर्कतालाई उच्चतम तहमा पुर्याएको छ । प्रशासनले भाइरसको फैलावटमा निगरानी र अनुसन्धानलाई तीव्र पार्ने प्रतिवद्धता जनाएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया