प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि
मेरोन्यूज
२०८१ कार्तिक १ गते १४:२२

जनकपुर । नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिएका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका निधिले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग गर्दै भने, “सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ ।”
सङ्घीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखद भएको उनको भनाइ छ ।
उनले भने, “आफ्नो प्रहरी सङ्गठनको अभावमा विभिन्न्न समस्या हुने गरेको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको छ ।” जबसम्म्म प्रदेशमा आफ्नो प्रहरी सङ्गठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उनले उल्लेख गरे ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया