बुधबार, चैत ४, २०८२

२ अंकले बढेर बन्द भयो नेप्से, कारोबारमा उल्लेख्य सुधार

मेरोन्यूज २०८१ कार्तिक १ गते १५:२०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार तीव्रउतार चढावबीच सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा बन्द भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

सामान्य बढेको बजारमा आज ८९ कम्पनीको शेयरभाउ बढेको छ भने १४२ कम्पनीको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्से उपसमूहका १३ वटा समूहमध्ये ७ वटा बढेका छन् ६ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक १.४ प्रतिशतले बढेको छ।

हिजोको तुलनामा आज शेयर बजारमा पनि बढेको छ। आज ७ अर्ब १९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। हिजो ५ अर्ब ६६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।

आज गुडविल फाइनान्सका शेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको शेयरभाउ करिब ८ प्रतिशतले बढेको छ। सर्वाधिक कारोबार भने कुमारी बैंकको भएको छ। यो बैंकको ३३ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया