लेबनानको पूर्वी र दक्षिणी क्षेत्र खाली गर्न इजरायल द्वारा आदेश जारी

एजेन्सी । इजरायली सेनाले बिहीबार लेबनानको पूर्वी र दक्षिणी क्षेत्रहरूका केही भागहरू छोड्न स्थानीय बासिन्दालाई आह्वान गर्दै पुनः ती क्षेत्रलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको छ ।
यसअघि, नियमित रूपमा इजरायलले प्रहार गर्दै आइरहेको पूर्वमा बेका र दक्षिणमा टायरका विशेष क्षेत्रका बासिन्दाहरूका लागि खाली गर्ने सूचनाहरू जारी गरिएको हो ।
बेका क्षेत्र र तामनाइन क्षेत्रमा अवस्थित भवनमा आश्रित व्यक्तिहरूलाई तत्काल उक्त स्थानबाट सुरक्षित स्थलतर्फ जान इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निर्देशन दिएका छन् ।
हिजबुल्लाहसँग सम्बन्धित सुविधाहरू र चासोहरू नजिकै अवस्थित रहेको भन्दै यस क्षेत्रलार्ई निकट भविष्यमा गरिने आक्रमणमा लक्षित गरिने बताइएको छ ।
यसैगरी, अद्राईले नजिकैको सराइन अल–तहता र साफरी क्षेत्रका बासिन्दाहरूलाई पनि उक्त क्षेत्र खाली गर्न दुई अन्य सुचनाहरु एक्समा पोष्ट गरेका छन् । भने लगत्तै सेनाले दक्षिणी लेबनानको टायर सहर नजिकैको अल–हवास क्षेत्रका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न आदेश जारी गरेको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया