लेबनानको पूर्वी र दक्षिणी क्षेत्र खाली गर्न इजरायल द्वारा आदेश जारी

एजेन्सी । इजरायली सेनाले बिहीबार लेबनानको पूर्वी र दक्षिणी क्षेत्रहरूका केही भागहरू छोड्न स्थानीय बासिन्दालाई आह्वान गर्दै पुनः ती क्षेत्रलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको छ ।
यसअघि, नियमित रूपमा इजरायलले प्रहार गर्दै आइरहेको पूर्वमा बेका र दक्षिणमा टायरका विशेष क्षेत्रका बासिन्दाहरूका लागि खाली गर्ने सूचनाहरू जारी गरिएको हो ।
बेका क्षेत्र र तामनाइन क्षेत्रमा अवस्थित भवनमा आश्रित व्यक्तिहरूलाई तत्काल उक्त स्थानबाट सुरक्षित स्थलतर्फ जान इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निर्देशन दिएका छन् ।
हिजबुल्लाहसँग सम्बन्धित सुविधाहरू र चासोहरू नजिकै अवस्थित रहेको भन्दै यस क्षेत्रलार्ई निकट भविष्यमा गरिने आक्रमणमा लक्षित गरिने बताइएको छ ।
यसैगरी, अद्राईले नजिकैको सराइन अल–तहता र साफरी क्षेत्रका बासिन्दाहरूलाई पनि उक्त क्षेत्र खाली गर्न दुई अन्य सुचनाहरु एक्समा पोष्ट गरेका छन् । भने लगत्तै सेनाले दक्षिणी लेबनानको टायर सहर नजिकैको अल–हवास क्षेत्रका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न आदेश जारी गरेको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया