बाढी र पहिरोपीडितलाई नि:शुल्क स्वास्थ्य बीमा

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का कारण घाइते भएका र मृत्यु भएका व्यक्तिहरूका परिवारका एकजना सदस्यलाई नि:शुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ ।
आजको बसेको विपद व्यवस्थापनको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पेश गेरको उक्त प्रस्तावलाई समितिको बैठकले स्वीकृत गरेको हो ।
प्रस्तावस्वीकृत भएसँगै विपदमा परेका परिवारका सदस्यले एक वर्षको निशुल्क बीमाको सेवासुविधा प्राप्त गर्नेछन् ।
बिहीबार बसेको समितिको सो बैठकले यस वर्षको जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा विपदका कारण मृत्यु भएका व्यक्तिहरूका परिवारका एक सदस्यलाई बीमा गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै सम्भावित यस्तै प्रकारका विपदका घटनामा सरकारले आगामी दिनमा समेत निशुल्क बीमा गर्ने निर्णय गरेको छ ।
बैठकमा, विपद व्यवस्थापनका लागि विभिन्न पहलहरू र भविष्यका योजनाबारे पनि छलफल गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताएका छन् ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया