सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा बढ्यो यती हजार
मेरोन्यूज
२०८१ कार्तिक २ गते ११:१४

काठमाडौं । दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।
नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चित वातावरण तथा मध्यपूर्वको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया