शुक्रबार, वैशाख ११, २०८३

रविलाई सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान हुने

मेरोन्यूज २०८१ कार्तिक २ गते २२:०६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान हुने भएको छ ।

Advertisement
NiccNicc

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोलाई गरेको पत्राचारमा सो कुरा बताइएको हो ।

पत्राचारमा कृष्णप्रसाद जैसीसमेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूूर्यदर्शन बचत तथा ऋण सहकमारी संस्था लि पोखराका पूर्वअध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुुद्दा अनुसन्धानका सिलसिलामा कास्की जिल्ला अदालतबाट आजै पक्राउ अनुमति जारी भएको उल्लेख गर्दै लामिछानेलाई पक्राउ गरी यस कार्यालयमा पठाइदिन अनुरोध गरिएको थियो ।

प्रतिक्रिया