तीनकुने क्षेत्रको बागमतीबाट एक ‘मेट्रिक टन’ फोहर व्यवस्थापन

काठमाडौँ । बागमती सफाइ महाअभियानको पाँच सय ९७ औँ हप्तामा तीनकुने पुल क्षेत्रको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
‘हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ भएको सफाइमा पूर्वमन्त्री अग्नि खरेललगायत अभियानकर्मीको सक्रियता थियो । विसं २०६० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार दुई घण्टा नदी किनारमा गर्ने गरिएको छ ।
त्यस क्रममा आज तीनकुनेस्थित पुलमुनिको पाँच सय मिटर तलसम्म सफाइ गरिएको अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिए। आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ ।
सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको आज निरन्तर चलिरहेको छ । यो महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी पनि सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी एवं सहरमा पनि सफाइ भइरहेको छ ।
महाअभिायनबाट प्रभावित भएर देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।











छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया