‘अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ’

मुगु । वन तथा वातवरणमन्त्री ऐनबहादुर शाहीले अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । यसका लागि नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको राजधानी बाकुमा हुने कोप २९औँ बैठकमा आवाज उठाउने उनले बताए ।
कोप–२९ को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरबारे छलफल गर्न वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनमा काम गर्दै आएको साथसाथै फाउन्डेसनको संयुुक्त आयोजना आज यहाँ भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘जलवायु परिवर्तनका असरले नेपाले ठूलो नोक्सानी बेहोरिरहेको छ । त्यसैले हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ । यस विषयमा कोप २९ औँ बैठकमा आवाज उठाउछु’, मन्त्री शाहीले भने ।
कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका साथै सिन्धुपाल्चोक, सोलुखुम्बुका जनप्रतिनिधि तथा अन्य सरोकार भएका निकायको समेत सहभागिता र कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिए ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया