मेचि भन्सार कार्यालयबाट तीन अर्ब ५८ करोड राजस्व सङ्कलन
मेरोन्यूज
२०८१ कार्तिक ४ गते ७:४७

भद्रपुर (झापा ) । मेचि भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।
चालु आव २०८१/८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो ।
आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा रु १९ करोड १७ लाख ४१ हजारले बढी हो ।
आव २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/८२ मा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया