अदालत परिसरमा रविले भने- केपी ओलीको शासन रहेसम्म देशमा अपराध भइरहन्छन्

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका हुन् ।
‘मलाई अदालतले न्याय दिनेमा निर्धक्क छु । तर, यो सरकारको विरुद्ध देशभरिबाट उत्रिनको लागि सबैमा आह्वान गर्दछु । मेरो लागि होईन । तर, केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसकारण यो अधिनायवादी सरकारको विरुद्ध चाहीँ यही बेलामा देशैभरिबाट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होईन, देशको लागि बाहिर निस्किनुपर्ने बेला आउनसक्छ, उनले भने ।
अहिलेको सरकार रहुञ्जेलसम्म यस्तै हर्कत गरिरहने उनको टिप्पणी छ । उनले भने,‘झुठा मुद्दामा मान्छेलाई फसाउने काम भैरहन्छ । केपी ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भैरहन्छन् ।” उनले भ्रष्टाचारीलाई पालेर र भ्रष्टाचारको जगमा उभिएर अरुलाई सहकारी ठग भनेर झुटो मुद्दा लगाउने भन्दै आक्रोश पोखे ।
उनले आफूलाई जस्तै डेढ वर्ष समय लगाएर छानबिन गर्ने हो भने सबैभन्दा बढि भ्रष्टाचारको जगमा उभिएको मान्छे नै केपी ओली हुने दाबी गरे ।
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया