अदालत परिसरमा रविले भने- केपी ओलीको शासन रहेसम्म देशमा अपराध भइरहन्छन्

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका हुन् ।
‘मलाई अदालतले न्याय दिनेमा निर्धक्क छु । तर, यो सरकारको विरुद्ध देशभरिबाट उत्रिनको लागि सबैमा आह्वान गर्दछु । मेरो लागि होईन । तर, केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसकारण यो अधिनायवादी सरकारको विरुद्ध चाहीँ यही बेलामा देशैभरिबाट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होईन, देशको लागि बाहिर निस्किनुपर्ने बेला आउनसक्छ, उनले भने ।
अहिलेको सरकार रहुञ्जेलसम्म यस्तै हर्कत गरिरहने उनको टिप्पणी छ । उनले भने,‘झुठा मुद्दामा मान्छेलाई फसाउने काम भैरहन्छ । केपी ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भैरहन्छन् ।” उनले भ्रष्टाचारीलाई पालेर र भ्रष्टाचारको जगमा उभिएर अरुलाई सहकारी ठग भनेर झुटो मुद्दा लगाउने भन्दै आक्रोश पोखे ।
उनले आफूलाई जस्तै डेढ वर्ष समय लगाएर छानबिन गर्ने हो भने सबैभन्दा बढि भ्रष्टाचारको जगमा उभिएको मान्छे नै केपी ओली हुने दाबी गरे ।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया