नेप्से परिसूचकमा ५८ अंकको गिरावट, ५ अर्ब ९० कराेडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ३९ दशमलव ९२ अङ्कमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव १४ अङ्कले ओरालो लागेर चार सय ७६ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेका अनुसार, कूल एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर रु पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ मूल्यमा कारोबार भएका छन् ।
विन नेपाल लघुवित्त नौ दशमलव ९८, कर्पोरेट डेभलपमेन्ट बैंक नौ दशमलव ८२, कालिका लघुवित्त पाँच दशमलव ५२, पिपल्स पावर चार दशमलव ८४ र मानुषी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ९९ प्रतिशतले कमाएका छन् ।
यस्तै, न्यादी ग्रुप अफ पावर नौ दशमलव २०, गुडविल फाइनान्स पाँच दशमलव ६५, छ्याङदी हाइड्रोपावर चार दशमलव ७९, इस्टर्न हाइड्रोपावर चार दशमलव ७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले चार दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।










सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा : प्रधानमन्त्री कार्की
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया