प्राविधिक खराबीको कारण विद्युतीय सवारीमा धुवाँ निस्कियो
काठमाडौं। आज बिहान सेरेस (SERES) ब्राण्डको एउटा विद्युतीय सवारीसाधनमा प्राविधिक खराबीको कारण धुवाँ निस्किएको थियो। गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडीमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो।
उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरूमार्फत मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत शर्ट सर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो।
यस दौरान सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियता पूर्वक स्थितिलाई नियन्त्रण लिएको छ। कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ।
विद्युतीय सवारी साधनहरू धेरै खाले सुरक्षा सुविधाहरूले सुसज्जित हुन्छन् र निश्चिन्त सवारी अनुभवका लागि हामी ग्राहकहरूलाई आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएकै सेवा केन्द्र मार्फत गराउन आग्रह गरेको छ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया