बुधबार, वैशाख २३, २०८३

गाजामा द्वन्द्वको तुरुन्तै अन्त्य हुनुपर्छ :राष्ट्रसङ्घ

मेरोन्यूज २०८१ कार्तिक ६ गते ७:२५

मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्का विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै द्वन्द्वको तत्काल अन्त्य गर्न आग्रह गरेका छन्। गैर–लडाकुहरूको रक्षा गर्न, प्यालेस्टिनीहरूको थप विस्थापन रोक्न र बन्दीहरूको तत्काल सुरक्षित रिहाई गर्न आवश्यक रहेको वेन्नेसल्यान्डले बताए ।

Advertisement
NiccNicc

प्रभावित क्षेत्रमा मानवीय सहायता निर्बाध रूपमा प्रदान गरिनु पर्ने बताउँदै वेन्नेसल्यान्डले जीवन बचाउ सहयोगलाई खाँचोमा परेकाहरूसम्म पुग्न अनुमति दिन आग्रह गर्नुभयो । वेन्नेसल्यान्डले उत्तरी गाजाको अवस्थालाई इजरायली हवाई आक्रमण र बिग्रँदै गएको मानवीय अवस्थाले चिह्नित गरेको विडम्बनाको रूपमा वर्णन गर्दै बेत लाहियामा भएको विनाशबारे उल्लेख गरे ।

बेत लाहियामा रातभरिमा कम्तिमा ८७ प्यालेस्टिनी मारिएको बताइएको छ भने विनासकारी आक्रमणका कारण धेरै जना भग्नावशेषमुनि पुरिएको अनुमान गरिएको छ ।

पछिल्लो समयमा ‘गाजामा विनासकारी द्वन्द्व तीव्र हुँदै गइरहेको जनाउदै उहाँले द्वन्द्व, निरन्तर इजरायली हमला र बढ्दो मानवीय सङ्कटको बिचमा उत्तरी गाजापट्टीमा डरलाग्दो अवस्था देखा परेकाले गाजामा कतै पनि सुरक्षित नभएको बताएका छन् । यस्तो अवस्थामा अगाडि बढ्न साहस, राजनीतिक इच्छाशक्ति र नयाँ तथा प्रवावकारी समन्वय र संवाद चाहिने उनले बताए ।

प्रतिक्रिया