पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण

पर्वत । ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा रु ९९ लाख १९ हजार नौ सय ५३ को लागतमा भवन निर्माण भएको मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले बताए । उक्त भवनवाट सेवा सुरु भएपछि आठवटै वडाका साथै कास्कीको अन्नपूर्ण गाउँपालिकाका गर्भवती सुरक्षित प्रसूति सेवाका लागि सदरमुकाम कुश्मा र पोखराका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
प्रसूतिगृहमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकसहित जनशक्ति व्यवस्थापन गरिने जानकारी उनले दिए। गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि दिँदै आएको छ । पर्वतमा यो बाहेक ३८ वटा बर्थिङ सेण्टर सञ्चालनमा छन् ।
गत आर्थिक वर्षमा यी सेण्टरबाट पाँच सय ५१ जनाले सुरक्षित प्रसूति सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ९२ वटा स्वास्थ्य संस्थामध्ये २७ वटा भाडाका भवनमा छन् । आफ्नै भवन भएका ६५ वटा स्वास्थ्य संस्था पनि पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति, खानेपानी नभएकोस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माको गुनासो छ ।









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया