धनुषामा ३ महिनामा रु १२ करोड ६३ लाख राजस्व सङ्कलन

जनकपुरधाम (धनुषा)। मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु १२ करोड ६३ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले चालु आवको साउनमा रु चार करोड ५५ लाख ६७ हजार आठ सय, भदौमा रु तीन करोड ९५ लाख दुई हजार नौ सय ९३ र असोजमा रु चार करोड १५ लाख ६५ हजार आठ सय ४६ राजस्व सङ्कलन भएको जानकारी दिए।
कार्यालयले सवारी दर्ता, सवारीचालक अनुमतिपत्र नवीकरण र प्रतिलिपि, सवारी कर, ‘रुटपरर्मिट’, पटके, आयकर तथा सडक सम्भारबापत सो राजस्व सङ्कलन गरेको उनले बताए।
कार्यालयमा रहेको विवरण अनुसार गत असोज २१ गतेसम्ममा साना सवारीसाधन दर्ता एक हजार दुई सय १७, ठूला सवारीसाधनअन्तर्गत जीप तथा कार २२, ट्र्याक्टर २९, बस २१, मिनीट्रक सात, इ–रिक्सा तथा टेम्पो भाडाका एक सय ६०, व्यक्तिगत इ–रिक्सा एक सय ७३, एम्बुलेन्स एक र तथा डोजर पाँचवटा दर्ता भएका प्रमुख सिंहले जानकारी दिए।
एक महिना अघि सरुवा भएर यहाँ आउनुभएका प्रमुख सिंहले सेवाग्राहीलाई छिटोछरितो कार्यसम्पादन गर्न कार्यालयको शाखामा आन्तरिक सुधारका प्रयास गरिएको बताए। कार्यालयले चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट गत आर्थिक वर्ष २०८०र८१ मा रु ६३ करोड १५ लाख ३२ हजार राजस्व सङ्कलन गरेको थियो ।
मधेश प्रदेश सरकारअन्तर्गत मधेशका आठ जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा छ । प्रदेशमा सङ्घीयता लागु हुनुअघि तीनवटा जिल्लामा मात्र यातायात व्यवस्था कार्यालय थियो ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया