कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’

काठमाडौं । कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा हिल्टन होटललाई भित्राएको छ । मंगलबार हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि होम अफ कर्णाली याक्समा हिल्टनसँग सम्झौता गरेको हो ।
सम्झौतामा कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे र हिल्टनका महाप्रबन्धक श्रीधर थोटाले हस्ताक्षर गरेका छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजनासहित नेपालमा यसै वर्षदेखि सञ्चालनमा आएको पाँच तारे होटलसँग सम्झौता भएको सहमालिक घिमिरेले बताए ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णालीले विदेशी खेलाडीको रुपमा पाकिस्तानका २८ वर्षीय अलराउन्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरिसकेको छ ।
तलातले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी २० आईमा डेब्यु गरेका थिए ।
यस्तै, कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदैछ ।
















चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य
जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया