साफ महिला च्याम्पियनसिपको फाइनल आज

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।
यसपटक फाइनल खेल २०२२ को साफ महिला फाइनल दोहोरिएको छ । बंगलादेश र नेपाल खेलको सो फाइनल बंगलादेशले १-० ले नेपाललाई पराजित गरेर उपाधि जितेको थियो ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म कुल १२ खेल भएका छन् । जसमा नेपालले अहिलेसम्म ६ खेल जितेको छ भने एक खेल मात्र हारेको छ । त्यस्तै ५ खेलमा बराबरी खेलेको छ ।
यस फाइनल खेलमा सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेलको अनुपस्थिति नेपाली टिमलाई खड्किने देखिन्छ । रेखाको स्थानमा नेपालले सावित्रा भण्डारीसँगै रश्मी घिसिङलाई खेलाउन सक्ने देखिन्छ ।
साफ खेल्ने नेपाली महिला टिम
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डर: गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।
मिडफिल्डर: रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।
फरवार्ड: रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया