सोमबार, वैशाख १४, २०८३

फाइनलमा नेपाल र बंगलादेशको पहिलो हाफ गोलरहित बराबरी

मेरोन्यूज २०८१ कार्तिक १४ गते १९:२५

काठमाडाैँ । साफ महिला च्याम्पियनसिप २०२४  फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। बुधबार दशरथ रङ्गशालामा पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

Advertisement
NiccNicc

पहिलो हाफमा दुवै टोलीको एक–एक प्रहार पोलमा लागेको थियो। नेपालकी अमिषा कार्कीले १०औं मिनेटमा गरेको प्रहार बारमा लागेर फर्किएको थियो। दोस्रो मिनेटमै सविना खातुनले हानेको प्रहार पनि बारमा लागेर फर्किएको थियो।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध सेमिफाइनल खेलेको पहिलो रोजाईमा एक परिवर्तन गरेका छन्। उनले फरवार्ड रेखा पौडेलको स्थानमा मिडफिल्डर सरु लिम्बुलाई मौका दिएका छन्।

रेखाले भारतविरुद्धको सेमिफाइनलमा दोहोरो पहेंलो कार्ड ब्यहोरेका कारण फाइनल गुमाएकी हुन्। प्रशिक्षक तामाङले अन्य खेलाडी भने यथावत राखेका छन्। अग्रपंक्तिको जिम्मेबारी सावित्रा भण्डारीलाई दिएका छन्। 

नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ तथा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनल यात्रा तय गरेका थिए।

नेपाल पहिलोपटक तथा बङ्गलादेश लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छन्।

प्रतिक्रिया