फेरि फाइनलमा हार्यो नेपाल,बंगलादेशले उचाल्यो दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं । फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले लगातार दोस्रो पटक साफको उपाधि जितेको हो ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तीनै गोल दोस्रो हाफमा भएको हो ।
खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तिको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिदै मोनिकाले गोल गरेकी थिईन् ।
तर नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रु बललाई नियन्त्रणमा लिदै अमिशाले सहजै गोल गरिन् ।
८१औं मिनेटमा रितु पोर्ना चक्माले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रतामा राखिन् । करिब २५ यार्ड परबाट रितुले उत्कृष्ट गोल गरेकी हुन् । यहि गोल निर्णायक बन्दा बंगलादेश च्याम्पियन बनेको हो ।
यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बाङ्लादेशले ३–१ ले हराएको थियो ।
नेपाली महिला टिमले हारेको यो १२औं फाइनल हो । साफम मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौं पटक हो ।












सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया