फेरि फाइनलमा हार्यो नेपाल,बंगलादेशले उचाल्यो दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं । फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले लगातार दोस्रो पटक साफको उपाधि जितेको हो ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तीनै गोल दोस्रो हाफमा भएको हो ।
खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तिको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिदै मोनिकाले गोल गरेकी थिईन् ।
तर नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रु बललाई नियन्त्रणमा लिदै अमिशाले सहजै गोल गरिन् ।
८१औं मिनेटमा रितु पोर्ना चक्माले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रतामा राखिन् । करिब २५ यार्ड परबाट रितुले उत्कृष्ट गोल गरेकी हुन् । यहि गोल निर्णायक बन्दा बंगलादेश च्याम्पियन बनेको हो ।
यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बाङ्लादेशले ३–१ ले हराएको थियो ।
नेपाली महिला टिमले हारेको यो १२औं फाइनल हो । साफम मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौं पटक हो ।
















चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य
जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया