नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोज्न २ महिना थप

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार निर्णय सार्वजनिक गरेको हो ।
सार्वजनिक बुँदाहरुमा सरकारले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत असारमा नेपाल संस्कृत विश्वविद्यालयका नाममा विभिन्न ठाउँमा रहेका जग्गा खोज्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
उक्त समितिको म्याद २ महिना थप गरिएको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराएका हुन् ।
मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ स्वीकृत गरेको छ भने विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत पनि गरेको छ ।











त्रिविका १६ हजार विद्यार्थी दीक्षित
४ किलो कोकिनसहित सिनामङ्गलबाट तीन जना पक्राउ
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया