रविको बयान सकियो, तिहारपछि अदालत उपस्थित गराइने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरूले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् ।
सहकारी ठगी सम्बन्धमा प्रहरीले गरिरहेको अनुसन्धानका विविध विषयहरूमा उनीसँग प्रश्न सोधिएको बताइएको छ ।
पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा रविलाई रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।
गोर्खा मिडिया नेटवर्कमा काम गर्न जाँदा आफूले ‘स्वेट शेयर’बापत आएको शेयरवापत १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न भएको लामिछानेले बयानमा भनेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की स्रोतका अनुसार, उनले बयानका क्रममा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । रविले सूर्यदर्शन सहकारीमा आफू शेयर सदस्य, कर्मचारी, ऋणी वा अन्य कुनै भूमिकामा नरहेको भन्दै सहकारी ठगीमा संलग्नता नरहेको जिकिर गरेका छन् ।
स्रोतका अनुसार, उनले सहकारीमा बचत वा ऋणका लागि कुनै पनि किसिमको खाता नखोलेको बताएका छन् ।
गोर्खा मिडिया नेटवर्कमा काम गर्न जाँदा आफूले ‘स्वेट शेयर’बापत आएको शेयरवापत १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न भएको लामिछानेले भनेका छन् ।
आफूले कार्यक्रम चलाउने र व्यवस्थापक भएर मात्र काम गर्ने गरेको रविले बताएका छन् ।
आफूले कम्पनी छाड्दा पनि कुनै रकम नलिएको उनले बताएका छन् । सरकारी वकिल कार्यालयका अधिकारीहरूका अनुसार, उनको बयान सकिएपछि प्रमाणीकरण पनि गरिएको छ ।
लामिछानेलाई अदालतले ८ कात्तिकमा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया