राष्ट्रिय टिमकी मिडफिल्डर अमिषालाई १ लाख नगदसहित सम्मान

काठमाडौँ । एसएस फाउन्डेसनले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई आज नगदसहित सम्मान गरेको छ । महिला साफ च्याम्पियनसिपको फाइनलमा गोल गरेबापत कार्कीलाई आज यहाँ आयोजित एक कार्यक्रममा एसएस फाउन्डेसनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले सम्मान गरेका हुन् ।
सम्मान स्वरूप कार्कीले रु एक लाख प्राप्त गरिन । अमिशाले यस किसिमको सम्मानले आफूलाई थप हौसला मिलेको बताइन ।अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ । अमिषाले यही कात्तिक १४ गते भएको बंगलादेशविरुद्धको फाइनल खेलमा नेपालका लागि गोल गरेकी थिइन । यद्यपि उक्त खेलमा बंगलादेशसँग नेपाल २–१ गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।
त्यसैगरी उनले भारतविरुद्धको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा पनि गोल गरेकी थिइन ।
















सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया