पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, ७ जनाको मृत्यु
मेरोन्यूज
२०८१ कार्तिक १६ गते १४:२६

काठमाडौँ। पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीको सुरक्षाका लागि भ्यानमा यात्रा गरिरहेका अधिकारीहरूलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
शहरका वरिष्ठ अधिकारी अब्दुल फतहले एएफपीसँग कुरा गर्दै भने, “एक प्रहरी अधिकारी, पाँच बालबालिका र एक पसले गरी सात जनाको मृत्यु भएको छ ।”
विस्फोटको जिम्मेवारी तत्काल कुनै पनि समूहले लिएको छैन ।
पाकिस्तान र छिमेकी अफगानिस्तानमा अहिले पनि पोलियोको प्रकोप कायमै रहेको छ र खोप टोलीलाई सुरक्षा बलविरुद्ध लड्दै आएका लडाकूहरूले बारम्बार निशाना बनाउने गरेका छन्।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया