गण्डकीका दुई आयुर्वेद अस्पतालमा सेवा विस्तार हुँदै

गण्डकी । कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गरिने भएको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा ती अस्पतालमा अन्तरङ्गा सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए ।
“रु एक करोड २५ लाखको बजेट सुनिश्चित भइसकेको छ, सेवा विस्तारको काम तत्काल सुरु हुन्छ”, उनले भने, “आगामी आवको बजेटमा पनि आयुर्वेद अस्पतालका लागि प्राथमिकतासाथ बजेट विनियोजन गर्छौँ ।”
मन्त्री पाठकका अनुसार गण्डकी प्रदेशमा सञ्चालित आयुर्वेद अस्पतालमा पहिलोपटक अन्तरङ्ग सेवा सुरु गर्न लागिएको हो । प्रदेश सरकारले होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाइरहेको उनले बताए ।
कास्की र बागलुङको आयुर्वेद अस्पतालमा भवनलगायतका भौतिक पूर्वाधार थप गर्न स्रोत व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ । “आयुर्वेद अस्पताल स्रोतसाधनको अभावमा गुज्रिरहेका थिए, राज्यको पनि खासै ध्यान पुग्न सकिरहेको थिएन”, मन्त्री पाठकले भने, “व्यवस्थित पूर्वाधार, स्रोतसाधनको प्रबन्ध गर्दै गुणस्तरीय स्वास्थ्य सेवा दिने थलोका रूपमा आयुर्वेद अस्पताललाई विकास गर्नु जरुरी छ ।”
पोखरामा थप एउटा सुविधायुक्त आयुर्वेद अस्पताल सञ्चालनको आवश्यकता रहेको उनको भनाइ छ । प्रदेश सरकार मातहत आएको बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपल अस्पताललाई ५० शय्याको अस्पतालका रूपमा सञ्चालन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम सुरु गरेको मन्त्री पाठकले बताए । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उनको भनाइ छ । नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।
मन्त्रालयको कार्ययोजनाअन्तर्गत कानुनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया