मोल्दोभामा राष्ट्रपतीय निर्वाचनमा सन्दुको जीत करिब सुनिश्चित
काठमाडौँ । मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४.१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिएकी छन् ।
मोल्दोभाको केन्द्रीय निर्वाचन आयोगले ९७.८ प्रतिशत मत गणना गर्दासम्म दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति सन्दुले ५४.१९ मतसहित अग्रता कायम गरेकी छन् भने राष्ट्रपतिका मुख्य दाबेदार पूर्व महान्यायाधिवक्ता अलेक्जेन्डर स्टोयानोग्लो ४५.८१ प्रतिशत मत प्राप्त गरेको छ ।
मत परिणाम हेर्दा इयू निकट राष्ट्रपति सन्दुको बिजय करिब सुनिश्चित भएको छ, यद्यपि, मतगणना जारी छ । निर्वाचनलाई इयू निकट उम्मेदवार सन्दु र रुस निकट स्टोयानोग्लाबीचको प्रतिस्पर्धालाई इयू र रुस दुवैले प्रतिष्ठाको विषय बनाएका छन् ।
आगामी चार वर्षे कार्यकालका लागि हुने निर्वाचनमा मतदानपछि राष्ट्रपति सन्दुले भनिन् “मैले मतदान गरेँ । मलाई विश्वास छ हाम्रा मतदाताले देशको लागि राम्रो मार्ग छनौट गर्नेछन्। अहिले पहिलेभन्दा अझ बढी एकताका साथ हामी देशको शान्ति र स्वतन्त्रताको पक्षमा उभिनुपर्छ।”
पार्टी अफ एक्सन एण्ड सोलिडारिटीको पूर्व नेताको रूपमा उनले पहिलो चरणको चुनावमा सबै भन्दा बढी ४२ प्रतिशत मत प्राप्त गरेका थिइन् भने मोल्दोभाको समाजवादी पार्टीद्वारा समर्थित स्टोयानोग्लोले करिब २६ प्रतिशत मत पाएका थिइन् । स्टोयानोग्लोले अपेक्षा गरिएभन्दा अत्यधिक बढी मत पाएका हुन् ।
सन्दुले ‘स्वतन्त्र, स्थिर, समृद्ध मोल्दोभा’ प्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै देशको युरोपेली संघ (इयू) सँग एकीकरणको मार्गको लागि आफ्नो समर्थनमा जोड दिइन् । अक्टोबर २० मा भएको राष्ट्रपतीय चुनावपछि, मोल्दोभामा शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन भएको हो ।
पहिलो चरणमा राष्ट्रपति पदको दौडमा रहेका ११ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत वा एक मतको रूपमा परिभाषित मतको पूर्ण बहुमत प्राप्त गर्न सकेका थिएनन् ।
















दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया