कोशी माओवादीले भन्यो : मन्त्री नै मानव तस्करीमा मुछिँदा प्रदेशबासीको शिर निहुरियो

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दल कोशीले निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण प्रकरणका विषयमा छानबिन गर्न माग गरेको छ ।
माओवादीले सो प्रकरण मानव तस्करी तथा सरकारी कागजात किर्तेलगायतको विषयमा जोडिएको भन्दै गम्भीर छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराएको छ ।
माओवादी कोशी प्रदेश संसदीय दलका सचेतक गीता तिमल्सिनाले विज्ञप्ति जारी गर्दै भ्रमणपछि आएको र त्यससँग सम्बन्धित सार्वजनिक भएका विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । विज्ञप्तिमा कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशबासीको शिर निहुरिएको उल्लेख छ ।
विज्ञप्तिमा जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रियासमेत पूरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री प्रदेश सरकार कसरी बेखबर रहे ? मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरूको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरू जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय रहेको उल्लेख छ ।
तिमल्सिनाले सो घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक भएको भन्दै राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशंका बढेको बताएकी छन् ।












सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया