सोमबार, वैशाख १४, २०८३

अरब क्लासिक लिगमा नेपाल साउदी अरेबियासँग पराजित

मेरोन्यूज २०८१ कार्तिक २३ गते १९:३७

काठमाडौँ। बेसबल युनाइटेडको आयोजनामा भएको अरब क्लासिक लिगमा नेपाली बेसबल टोली साउदी अरेबियासँग पराजित भएको छ।

Advertisement
NiccNicc

संयुक्त अरब इमिरेट्सको दुबईमा आज (शुक्रबार) भएको च्याम्पिनयसिपमा नेपाल साउदी अरेबियासँग १४–२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए। प्रतियोगितामा नेपालको दोस्रो हार हो। यसअघि भएको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग १७–२ ले पराजित भएको थियो ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा श्रीलंका, प्यालेस्टाइन र साउदी अरेबिया छन्। यही कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार श्रीलंकासँग खेल्नेछ।

प्रतिक्रिया