माथिलो मुस्ताङमा स्वास्थ्य शिविर, चीनबाट चिकित्सक झिकाएर बिरामीको उपचार

काठमाडौँ। अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिकाको चराङ र घमीमा सञ्चालन गरिएको शिविरमा करिब चार सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा चीनबाट आएका चिकित्सकसहित आधुनिक चिकित्सा पद्धति र परम्परागत सोवारिग्पा उपचार पद्धतिका १६ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए भने बिरामीलाई औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।
सो अवसरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो, हेपाइटाइएटिस ‘बी’ र ‘सी’, पिसाबसम्बन्धी, पाठेघरको क्यान्सर, नशासम्बन्धी तथा दन्तरोगको परीक्षण गरिएको कुनफेन क्लिनिकका निर्देशक डा नीमाछिरिङ नेपालीले जानकारी दिए ।
विगत छ वर्षदेखि देशका विभिन्न हिमाली जिल्लामा बसोबास गर्ने बासिन्दालाई लक्षित गरी चीनबाट समेत चिकित्सक झिकाएर बिरामीको निःशुल्क स्वाथ्य परीक्षण तथा दीर्घरोगीलाई औषधि वितरण गर्ने गरिएको र यसबाट दुई देशबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन मद्दत पुगेको अरनिको समाजका कोषाध्यक्ष डा सुशील प्रजापतिले बताए।
उनका अनुसार समाजको अग्रसरतामा यसअघि रसुवा, मुस्ताङ, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ ।
















काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज पनि घट्याे सेयर बजार
गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया