सोमबार, वैशाख १४, २०८३

यु–१९ महिला विश्वकप : युएईविरुद्ध नेपाल बलिङमा

मेरोन्यूज २०८१ कार्तिक २४ गते ११:५८


काठमाडौं– आईसीसी महिला यु–१९ टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको तेस्रो खेलमा नेपाल र युएई खेलिरहेका छन् । युएईको अजमानमा टस जितेर घरेलु टोली युएईले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ ।

Advertisement
NiccNicc

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपाल ६७ रनले विजयी भएको थियो। दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको नेपाल तेस्रो खेलमा पनि उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । यस्तै, युएईले पहिलो खेलमा कुवेत र दोस्रो खेलमा थाइल्याण्डलाई हराएको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपालसहित, आयोजक युएई, कुवेत र थाइल्याण्ड सहभागि छन् ।

नेपालको चौथो खेल भोलि थाइल्यान्डसँग खेल्नेछ । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदैछ।

प्रतिक्रिया