‘डायलासीस मेसिन’ तत्काल जडान गर्न स्वास्थ्यमन्त्रीद्वारा निर्देशन

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलाइसिस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरापालिका-५ बेलचौतरास्थित केन्द्रको आज निरीक्षण गदै उनले मेसिन खरिद गर्न मन्त्रालयले प्राथमिकता दिने जानकारी दिए । उनले भने, “मेसिन जडान गरी मिर्गौलाको डायलासिस सेवा प्रवाह गर्नुहोस्, मेसिनका सबै प्रबन्ध मन्त्रालयले गर्नेछ ।” छिमेकी जिल्लावासीले सेवा लिने अस्पतालमा यस सेवा अत्यावश्यक भएकाले तुरुन्तै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ ।
उपचार केन्द्रलाई तीन सय शय्यामा विस्तार गर्न लागि आवश्यक पूर्वाधारको निम्ति पहल भइरहेको र अब छिट्टै टुंगो लाग्ने उनले जानकारी गराए । केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले डायलासिस सेवा प्रवाहका लागि स्थानको निर्माण भइरहेको बताए । उनले भने “पूर्वाधार तयार भइरहेको छ, छिट्टै उपचार केन्द्रबाट डाइलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ, कर्मचारी छनौट गरी तालिममा पठाएका छौँ, पूर्वाधारका साथै कर्मचारी समेत तयार गरिरहेका छौँ ।”
उपचार केन्द्रबाट छिट्टै डायलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ । यस अस्पतालमा डायलासिस सेवा प्रवाह हुन थालेपछि तनहुँका साथै कास्की, स्याङ्जा, नवलपुर, पाल्पा जिल्लावासी लाभान्वित हुनेछन् ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया