यू-१९ महिला टी-२० विश्वकप : नेपाल युएईसँग १३ रनले पराजित

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ ।
दुबईमा भइरहेको प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ४८ रन बनाएकी हुन् । साना प्रवीण र सोनी पाख्रिनले समान १९/१९ रन बनाए । ज्योत्स्निका मरासिनीले ११, सावित्री धामीले ७ र एलिशाकुमारी यादवले तीन रन बनाइन् । यो खेलमा नेपालले अतिरिक्त तीन रन पाएको छ । युएईका लागि इन्धुजा नन्दकुमार, लावन्या केनी र मेहक ठाकुरले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो । युएईका लागि रिनिथा रञ्जितले सर्वाधिक ४८ रन बनाइन् । उनले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाएकी हुन् ।
यस्तै लावन्या केनीले २०, इन्धुजा नन्दकुमारले १२, समाइरा धरनिधर्कले ८, अल मसीरा जहाँगीरले ६ रनको योगदान दिए । ऋषिता राजित र अवनी सुनिल पाटिलले समान ९/९ रन बनाए । युएइले अतिरिक्त १० रन प्राप्त गरेको हो ।
नेपालका लागि रिया शर्माले सर्वाधिक तीन विकेट लिइन् । पूजा महतो, कृश्मा गुरुङ र सीमा केसीले समान १÷१ विकेट लिए । एसिया छनोटमा नेपालको यो पहिलो हार हो । यसअघि नेपालले दुई खेल जितेको थियो । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
नेपालले आइतबार थाइल्याण्डसँग चौँथो खेल खेल्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया