सूदुरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ ।
करिअर पार्टनरको रूपमा सुदूरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौतापत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरे ।
मानव संशाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जब पछिल्लो एक दशकदेखि जनमानसमा आफ्नो सेवा पुर्याउँदै आएको छ । नेपाली क्रिकेटले नयाँ फड्को लिएको समयमा कुमारी जबले सुदूरपश्चिम टोलीमार्फत आफ्नो उपस्थितिका साथ सहकार्य गर्न लागेको हो ।
रोयल्सका सीईओ प्रकाश खड्काले यस कदमको स्वागत गर्दै नेपाली क्रिकेटमा लामो समयदेखि साझेदारी गर्दै आएको कुमारी जबसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ‘कुमारी जब र नेपाली क्रिकेटको नाता निकै पुरानो छ । वहाँहरूले आफ्नो क्रिकेटप्रतिको लगावलाई निरन्तरता दिने निर्णय लिनुभएको छ । यसपटक नेपाली क्रिकेटको महोत्सवको रूपमा रहेको एनपीएलमा सहकार्य गर्न पाउँदा निकै खुसी छौँ,’ खड्काले भने ।
कुमारी जबका प्रबन्ध निर्देशक भण्डारीले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको र एनपीएलमा करिअर पार्टनरको रूपमा सहमति गर्न पाउँदा खुसी लागेको बताए । ‘हामी सबै मिलेर देशमा क्रिकेटको विकास गर्नका निमित्त आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक छ । क्रिकेट खेल मात्र नभएर अब आउने युवाहरुको लागि करिअर पनि हुन सक्छ,’ भण्डारीले भने ।
रोयल्सले विदेशी खेलाडीमा न्युजिल्याण्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्तफा, स्कटल्यान्डका ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरका रूपमा भित्र्याएको छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।
रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ । रोयल्सले कात्तिक २८ मा ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदूरपश्चिम हिरोज छनोट गर्नेछ । छनोट कार्यक्रम धनगढीमा हुनेछ । आइकोनिक खेलाडी रोयल्सको एनपीएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्ने जनाइएको छ । छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपीएल सुरु हुँदै छ ।
















सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया