बुधबार, वैशाख १६, २०८३

दीपक मनाङे डिल्लीबजार कारागार चलान

मेरोन्यूज २०८१ कार्तिक २७ गते १४:३६

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री (दीपक मनाङे) राजीब गुरूङ कारागार चलान भएका छन्।

Advertisement
NiccNicc

काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो। सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन्।

केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा मनाङेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।

प्रतिक्रिया