मंगलबार, चैत १०, २०८२

१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिइने

मेरोन्यूज २०८१ कार्तिक २७ गते १५:१०

वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरुको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन गर्न लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

‘‘महानगरमा बस्ने किशोरीहरु ढुक्ककासाथ जुनसुकै बेला हिँडडुल गर्न सकुन् । कुनै प्रकारको आत्मविश्वासको कमी नहोस् भनेर आत्मरक्षा तालिम दिन लागेका हौँ,’’ वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले भने, ‘‘महानगरमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिने छ ।’’

महानगरका अनुसार महानगरभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीसहित अन्य किशोरी तालिममा सहभागी गराइने छ । भोलि बुधबार वीरगञ्जको आर्दशनगरस्थित रङ्गशालामा करिब १२ हजार बढी किशोरी तथा महिलाहरुलाई आत्मरक्षाको तालिम सञ्चालन गर्ने तयारी छ ।

वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले तालिमले किशोरीलाई आत्मरक्षा गर्न सिकाउने बताए। भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक चिता राजनेश शेट्टिसहितको टिमले प्रशिक्षण दिने कार्यक्रम छ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले १० हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिएर ‘गिनिज वल्र्ड रेकर्ड’ मा विश्व किर्तीमान कायम गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

प्रतिक्रिया