यु–१९ महिला विश्वकप एसिया छनोट : अन्तिम खेलमा नेपाल युएईसँग भिड्दै

काठमाडौँ । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युएईसँग भिड्दै छ ।
विश्वकप छनोटको निर्णायक खेलका रूपमा रहेको यस खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।दुबईमा दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेल नेपालले रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्न आवश्यक छ । यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जीत र १ हारसहित ८ अंक जोडेको नेपाल दोस्रोमा छ ।
आज हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन, रनरेटमा पनि अगाडि आउनुपर्ने छ । पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा २१ रन वा बढीको अन्तरले खेल जित्नुपर्ने छ । त्यस्तै यूएईले पहिले ब्याटिङ गरेको अवस्थामा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ । यीभन्दा कम अन्तरको जीत हासिल गरेपनि नेपाल रनरेटमा पराजित हुँदै दोस्रोमै सीमित रहँदै विश्वकप खेल्नबाट वञ्चित हुने छ ।
हालसम्म अपराजित रहेको यूएईलाई रनरेटमा समेत पछि पार्दै हराएमा नेपाल पहिलो पटक आइसिसी यु-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुने छ । यसपटक कप्तान पूजा महतो उत्कृष्ट लयमा देखिएकी छन् । त्यस्तै प्रदर्शन आजको खेलमा अन्य खेलाडीबाट पनि हुन सके नेपाली अन्डर-१९ महिला टोलीले पहिलो पटक विश्वकप खेल्ने छन् ।
नेपालले थाइल्याण्ड र कुवेतलाई दुवै भेटमा फराकिलो अन्तरले हराएको छ ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया