सलमानलाई धम्की दिने गीतकार पक्राउ

काठमाडौं। बलिउड अभिनेता सलमान खानलाई धम्की दिने गीतकार सोहेल पाशालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पाशालाई कर्नाटकको रायचुरबाट मंगलबार पक्राउ गरेको हो । नोभेम्बर ७ मा, मुम्बई प्रहरीलाई धम्कीपूर्ण सन्देश आएको थियो । यसमा सलमान र लरेन्समाथि एउटा गीत लेखिएको बताइएको थियो ।
गीत लेख्नेलाई एक महिनाभित्र मारिने र उसको हालत यस्तो बनाइने कि आफ्नै नामबाट गीत लेख्न नसक्ने भनिएको थियो । हिम्मत भए ती व्यक्तिलाई बचाउन पनि सलमान खानलाई धम्की दिइएको थियो । यो धम्की लरेन्स विश्नोई गिरोहबाट आएका ठानिएको थियो । तर अहिले यो धम्की अरू कसैले नभएर गीतकारले दिएको खुलासा भएको छ ।
आफूले सलमानको फिल्म सिकन्दरका लागि लेखेको गीत ‘मै सिकन्दर हूं’ भन्ने गीत चर्चित होस् भन्ने सोहेल चाहन्थे । यसका लागि उनले सलमानलाई धम्की दिएका थिए ।
पाशा युट्यूबर पनि हुन् । धम्की दिन उनले अर्को फोन नम्बरबाट ह्वाट्स एप इन्ष्टल गरेका थिए । फोन नम्बर दर्ता भएको व्यक्तिसम्म प्रहरी पुग्दा उनीसँग सामान्य फोन मात्रै भएको थाहा भयो । फोन चेक गर्दा ह्वाट्स एप इन्टलेशनका लागि नोभेम्बर ३ मा ओटीपी आएको भेटियो । अरू सोधपुछको क्रममा पाशाले बजारमा घुम्दै गर्दा ती मोबाइल धनीसँग फोन मागेर सो नम्बरमा आएको ओटीपीबाट आफ्नो फोनमा ह्वाट्स इन्टल गरेको अनि सलमानलाई धम्की दिएको थाहा भयो ।
















चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य
जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया